close

जुम्लामा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध

जुम्लामा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध

Trulli
ADVERTISEMENT

जुम्ला । विगत पाँच दिनयता जुम्लामा सञ्चार सेवा अवरुद्ध भएको छ । सञ्चार सेवा अवरुद्ध भएसँगै जिल्ला भित्रका सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ । 

सञ्चार सेवालाई थप सुधारका लागि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीमार्फत दुरसञ्चारको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण गराएको छ ।इन्टरनेट सेवा र भ्वाइसकल पूर्णरुपमा अवरुद्ध भएको छ भने नेटवर्क आउने र जाने समस्याले उपभोक्तालाई सास्ती भएको केशरीले बताए ।

भ्वाइसकल र इन्टरनेट सेवा अवरुद्ध हुँदा चुनावी गतिविधि प्रकाशनलगायतका काम प्रभावित भएका छन् । भ्वाइसकलमा कुरा नबुझिने, फोन नलाग्ने, नाम मात्रको फोर जी देखिने टु जी बजारको काम नगर्ने समस्याले उपभोक्ता मारमा परेकाो उनले सुनाए।  

असोज अन्तिम साताको विपद्ले प्रभावित भएको टेलिफोन तथा इन्टरनेट सेवा मर्मतपछि सञ्चालनमा आए पनि पटकपटक अवरुद्ध हुँदा नागरिकले सास्ती पाएको जनगुनासो बढेको छ । 

सञ्चार सेवा अस्तव्यस्त भएको गुनासोपछि नेपाल पत्रकार महासङ्घले बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम शाखा जुम्ला र निर्वाचन आयोगलाई विज्ञप्ति बुझाउँदै सञ्चार सेवा सुधारका लागि ध्यानाकर्षण गराएको छ ।