close

कामपामा मोवाइलबाटै सिफारिस हुन थालेपछी...

कामपामा मोवाइलबाटै सिफारिस हुन थालेपछी...

Trulli
ADVERTISEMENT

काठमाडौं । वडा नं. १५ का सेवाग्राही राज्य रञ्जितको घरबाटो सिफारिस मोवाइलबाटै प्राप्त भएको छ । बुधबार उनले केएमसी एपको प्रयोग गरेर सिफारिसका लागि निवेदन दिए । अनि सेवा शुल्क तिरे । त्यसको केही समयपछि आफ्नै मोवाइलमा उनले सिफारिस प्राप्त गरे।

महानगरको एकीकृत विद्युतीय शासन सम्बन्धी प्रणालीमा रञ्जितको विवरण प्राप्त भएपछि वडा सचिव शुशिल सुवेदीले रुजु गरेर डिजिटल सिग्नेचरबाट प्रमाणीकरण गरे । यसपछि विवरण वडाध्यक्ष ईश्वरमान डंगोलकोमा पुग्यो । त्यसमा वडाध्यक्ष डंगोलले डिजिटल सिग्नेचरसहित प्रमाणीकरण गरेपछि प्रमाण पत्र रञ्जितको मोवाइलमा गयो । यो प्रमाण पत्र प्राप्त गरेपछि रञ्जित महानगरको फेसलेस सेवाको लाभ प्राप्त गर्ने पहिलो लाभग्राही भएका छन्। 

यो प्रणालीमा ई—सिफारिस, दर्ता चलानी सेवा छन् । सेवाग्राहीले काठमाडौं महानगरपालिकाको मोवाइल एप्लिकेसन केएमसी एपबाट आफ्ना विवरण भरेपछि ती तथ्याङ्क तथा सूचना वडा सचिवले पाउँछन्। त्यहाँबाट सिफारिस दिने प्रक्रिया सुरु हुन्छ । यसको प्रमाणीकरणका लागि महानगरे वडा सचिवहरुलाई डिजिटल हस्ताक्षर टोकन उपलब्ध गराइसकेको छ । 

एकीकृत विद्युतीय शासन प्रणालीका विकास कर्ता स्मार्ट पालिकाका निर्देशक मनोज भट्टराईका अनुसार वडा तहबाट प्रवाह गर्नुपर्ने ८८ प्रकारका सेवामध्ये ४५ प्रकारका सिफारिस सेवालाई प्रणालीमा प्रविष्ट गराइ सकिएको छ । यसलाई वडाबाट आफैले सेवा थप गर्न सकिने बनाइएको छ ।