close

भक्तपुरका कर्मचारीलाई अनलाइन भुक्तानीबारे तालिम

भक्तपुरका कर्मचारीलाई अनलाइन भुक्तानीबारे तालिम

Trulli
ADVERTISEMENT

 भक्तपुर । भक्तपुर  नगरपालिकाले अनलाइन भुक्तानी प्रणालीसम्बन्धी जानकारी तथा बहाल कर र सफाइ शुल्क सफ्टवेयरको तालिम सञ्चालन गरेको छ । नगरपालिकाको आयोजनामा पालिकाका वडा सचिव एवम् कर्मचारीहरुलाई तालिम दिइएको हो । 

तालिमकोको औपचारिक उद्घाटन गर्दै नगरपालिकाका प्रमुख सुनील प्रजापतिले विकसित देशहरु सूचना र प्रविधिमा अगाडि बढेकै कारण छिटोछिटो विकास भएको बताए । उनले २१ औं शताब्दीका नागरिकहरु प्रविधियुक्त हुन सकेन भने सबै क्षेत्रमा पछाडि पर्ने भएकोले कर्मचारीलाई सो तालिम दिएको बताए । 

पालिकाभित्रका कर्मचारीलाइृ प्रविधि मैत्री बनाउनका साथै अनलाइन भुक्तानी सहजताको लागि सो तालिमको आयोजना गरेको उनले सुनाए ।