close

मुख्यमन्त्री शाहीद्वारा साइकल लेनको शिलान्यास 

मुख्यमन्त्री शाहीद्वारा साइकल लेनको शिलान्यास 

Trulli
ADVERTISEMENT

मुगु - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारातालको वरिपरि साइकल लेन निर्माणको शिल्यान्यास गरेका छन् । 


आव ०७५/७६ र आव ०७६/०७७ मा काम सुरु गरिए पनिसडक निर्माण नहुँदा दुई आर्थिक वर्षमा ६ करोड रकम फिर्ता भएको थियो ।  चालू आर्थिक वर्षमा  सडक निर्माण सक्ने गरी काम अगाडि बढाइएको मुख्यमन्त्री शाहीले जानकारी दिए।


साइकल लेन निर्माणको जिम्मा पाएको शंकर माली जेभी निर्माण कम्पनीले दुई करोड ८८ लाखमा ठेक्का लिएको छ । एक वर्ष १ किलोमिटर लम्बाइ र १ दशमलव ६ मिटर चौडाइ सहितको ब्लक निर्माण गरिनेछ । 


ताल वरिपरिको लम्बाइ भने साढे १४ किलोमिटर रहेको छ ।