close

रारा संरक्षणमा जुट्दै स्थानीय

रारा संरक्षणमा जुट्दै स्थानीय

Trulli
ADVERTISEMENT

मुगु - नेपालकै ठूलो तथा गहिरो ताल रारा र त्यहाँबाट निकास भएर बग्ने खत्याड खोला वरपरका बासिन्दा जलाधार क्षेत्रको संरक्षणमा जुट्न थालेका छन् । रारातालको सौन्दर्य जोगाएर यस क्षेत्रमा रहेका वनजंगल, चराचुरुंगी र जलचर प्राणीको दिगो संरक्षणमा स्थानीय एकजुट भएका हुन् ।


सदियौंदेखि रारा क्षेत्रको वनजंगल र प्राकृतिक सम्पदा उपभोग गर्दै आएका स्थानीयले यो क्षेत्रका जलचर र वन्यजन्तु संरक्षणमा खासै चासो देखाएका थिएनन् ।


स्थानीयले वनमा पासा हालेर वन्यजन्तु मार्ने, ताल तथा खोलामा बल्छी हालेर माछा मार्ने र जंगल कटाइ गर्दा प्राकृतिक सौन्दर्यमा ह्रास आएको छ । यस्तै, वन्यजन्तु, जलचर र थलचरहरू लोभ हुँदै जाने अवस्था सिर्जना हुने अवस्था थियो । 


जलाधार क्षेत्रमा पर्ने लामाचौर, ताल्च, भ्mयारी, मुर्मा र निगालीभोट बस्तीमा समुदायमा आधारित चोरी सिकारी नियन्त्रण समूह गठन गरिएका छन् । समूहका सदस्यहरूले साताको एकपटक आप्mनो क्षेत्रमा पर्ने जलाधार क्षेत्र, मध्यवर्ती र निकुन्ज सिमानासम्म गस्ती गर्न थालेका छन् ।


विगतमा प्राकृतिक सम्पदा चोरी– सिकारी गरे पनि अब वन्यजन्तु तथा जलाधार क्षेत्रमा पाइने जलचर संरक्षण गर्न र यहाँका लोपोन्मुख जडीबुटी, वन्यजन्तु र वनजंगलको संरक्षणका लागि सातामा १ दिन गस्ती गरिँदै आएको छ ।

 

कोही–कसैले सम्पदा नष्ट पारेको भेटिए कारबाहीका लागि रारा राष्ट्रिय निकुन्जमा बुझाउने गरिएको छ’, चोरी–सिकारी नियन्त्रण समूहका अध्यक्ष दीपेन्द्र भाम भन्छन् । 


समूहले चोरी–सिकारी नियन्त्रणका साथै निकुन्ज क्षेत्रमा हुने फोहोर संकलन र व्यवस्थापन गर्ने, वन्यजन्तु, वनजंगल, ताल संरक्षणका लागि स्थानीयलाई सचेतना दिन थालिएको भ्mयारी समुदायमा आधारित चोरी–सिकारी नियन्त्रण समूहका अध्यक्ष विष्णु रावलले जानकारी दिए । 


जलाधार क्षेत्र आसपासका बस्तीमा महिनैपिच्छे स्थानीयको सहभागितामा बैठक बस्ने गरेको छ । उक्त बैठकमा रारा संरक्षणमा महिनाभर भएका कामको प्रगति र आइपर्ने बाधा–व्यवधानबारे छलफल हुने गरेको केसीडीसी मुगुका कार्यक्रम संयोजक हरिबहादुर शाही बताउँछन् ।