close

खानीडाँडामा उडान सुरु 

खानीडाँडामा उडान सुरु 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको मनमायाँ राई खानीडाँडा बिमानस्थलमा झण्डै ६ महिनापछि उडान सुचारु भएको छ । 

कोभिड–१९ का कारण अवरुद्ध भएको बिमानस्थलमा शनिबारदेखि उडान सुचारु गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा पर्ने खानीडाँडा बिमानस्थलमा नेपाल वायु सेवा निगमको जहाजले उडान भरेको छ । 

खानीडाँडामा हरेक शनिबार र बुधबार उडान हुने नेपाल वायु सेवा निगम खानीडाँडा स्टेशन ईन्चार्ज नरेन्द्र राईले बताए । कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणकाक्रममा गत चैत्र ११ गतेदेखि लकडाउन सुरु भएसँगै खानीडाँडा विमानस्थलमा उडान ठप्प भएको थियो । जिल्लामा तीन वटा बिमानस्थल भएपछि साविकको सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने भएकाले खानीडाँडा विमानस्थल बढि प्रयोग हुने गरेको छ ।

 यस्तै, वायु सेवा निगमले खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलमा पनि आगामी बुधबारदेखि नियमित उडान भर्ने तालिका सार्वजनिक गरेको छ ।  तर, जिल्लाकै पुरानो विमानस्थल लामीडाँडा बिमानस्थलमा उडानका लागि भने निगमले उडान तालिका सार्वजनिक गरेको छैन । रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित लामीडाँडा बिमानस्थल २०७६ साल जेठमा कालोपत्रे गरिएको थियो ।