close

बेँसीशहरमा शान्ति स्तुपासहितको भ्यू टावर निर्माण हुने

बेँसीशहरमा शान्ति स्तुपासहितको भ्यू टावर निर्माण हुने

Trulli
ADVERTISEMENT

लमजुङ- बेँसीशहर नगरपालिका- ४ पुरानोकोटगढीमा शान्ति स्तुपासहितको भ्यू टावर निर्माण सुरु भएको छ । पर्यटन  प्रवर्द्धनका लागि पुरानोकोटगढीमा भ्यू टावर निर्माण थालिएको हो ।

 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शन्ति स्तुपासहितको भ्यू टावर निर्माणको शिलान्यास गरेका हुन् । उनले ऐतिहासिक स्थलको संरक्षण गर्दै प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक बढाउन सकिने बताए ।

 

‘प्राकृतिक सौन्दर्य र ऐतिहासिक हिसाबले पनि महत्त्वपूर्ण ठाउँ भएकाले यसले लमजुङको मात्र नभई गण्डकी प्रदेशकै पर्यटन विकासमा सघाउ पुर्‍उने विश्वास छ’, मुख्यमन्त्री गुरुङले भने ।

 

विकासको पहिलो आधार सडक सञ्जाल भएकाले गाउँवस्तीमा मोटर पुर्‍याउन सकिए पर्यटक भित्र्याउन सहज हुने उनले बताए । गाउँमा पर्यटक तान्न सके त्यहाँका स्थानीयको आर्यआर्जन बढेपछि आत्मनिर्भर हुन सकिने उनको विश्वास छ ।


बेँसीशहर नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि भ्यू टावर निर्माण गर्न लागेको नगरप्रमुख गुमानसिंह अर्यालले बताए । बेँसीशहरलाई पर्यटन हब बनाउन नगरपालिकाले थुप्रै योजना अघि सारेको उनले जानकारी दिए । 


‘पुरानोकोटगढीमा शान्ति स्तुपासहित भ्यू टावर पार्क निर्माणका लागि चार करोड ८१ लाख ८१ हजार १०१ रुपैयाँको डीपीआर गरिएको छ । नगरपालिकाले २०७६/०७७ मा ४० लाख र आव २०७७/०७८ मा ३५ लाख गरी ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ’, नगरप्रमुख अर्यालले भने ।


भ्यू टावर पार्क निर्माणका लागि अपुग बजेट प्रदेश र केन्द्रीय सरकारसँग माग गरिने उनले जानकारी दिए ।