close

आहा ! मनै लोभ्याउने बुकी पाटन

आहा ! मनै लोभ्याउने बुकी पाटन

Trulli
ADVERTISEMENT

रुकुमपूर्व - रुकुमपूर्वमा मन लोभ्याउने बग्रेल्ती पर्यटन गन्तव्य भए पनि प्रचार नहुँदा आन्तरिक तथा बाह्य पर्यटक आवागमन शून्य छ  । रुकुमपूर्व र बाग्लुङसँगको मनोरम बुकी पाटन क्षेत्रमा अनुसन्धानका लागि केही अनुसन्धानकर्ता पर्यटकका रूपमा आउनेबाहेक अरु गतिविधि हुन सकेको पाइँदैन । 


जिल्लाको पुथाउत्तरगंगा र भूमे गाउँपालिकासँगै छिमेकी बाग्लुङसँग जोडिएको सीमा बुकी पाटन क्षेत्रमा फाट्टफुट्ट पर्यटक आउने गरे पनि यसको विकास पूर्वाधार र प्रचारप्रसार नहुँदा उक्त क्षेत्र ओझेलमा परेको छ । 


समुद्री सतहदेखि ४ हजार मिटर उचाइमा अवस्थित चौँरीखर्क र केही कम उचाइमा रहेका बुकी पाटनहरू चमेली खर्क, पुजाखै, पातीहाल्ने, छैइबाङ, धार खर्क, नुगु पो, भूमेकै ठूलो खोला एवं सबै खोलानालाको मूलमध्ये उच्च स्थानमा मूल रहेको लुकुम खोलाको मूल साढे ३२ सय मिटर उचाइमा रहेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगर बताउँछन् ।


‘गाउँपालिकामा रहेको उच्च बुकी पाटनको गन्तव्य पछ्याउन आन्तरिक तथा बाह्य पर्यटकको टोली आए पनि बाटो, पानी, थातबास निर्माण नहुँदा बीचबाटै फर्किने गरेको उनी सुनाउँछन् । 


यो स्थानबाट माछापुच्छ्रे  हिमाल, पुथा हिमाल र ढोरपाटन सिकार आरक्ष उपत्यका, रोल्पाको जलजला दृश्यावलोकन गर्न सकिन्छ ।