close

विद्यार्थी कुट्ने पोखराका शिक्षक पक्राउ, अक्षर नराम्रो भएको निहुँमा कुटपिट

विद्यार्थी कुट्ने पोखराका शिक्षक पक्राउ, अक्षर नराम्रो भएको निहुँमा कुटपिट

Trulli
ADVERTISEMENT

काठमाडौं- होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा महानगरपालिका–३२ मा रहेको युनिभर्स इंग्लिस बोर्डिङ स्कुका शिक्षक सुदिप अधिकारी पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पक्राउ गरेको छ ।

उनले कक्षा ५ मा अध्ययनरत ९ वर्षीय एक विद्यार्थीलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै कुटपिट गरेको आरोप लागेको छ ।

कास्कीको रुपा गाउँपालिका–६ घर भएका शिक्षक अधिकारीविरुद्ध बालबालिका सम्बन्धी ऐन अन्गर्तगको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।