close

मनरा शिसवामा चिसो छल्न विद्यार्थी घरमै

मनरा शिसवामा चिसो छल्न विद्यार्थी घरमै

Trulli
ADVERTISEMENT

महोत्तरी। चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन् । अधिकांश विद्यालयमा अत्यधिक चिसोका कारण विद्यार्थी सङ्ख्या ह्वात्तै घटेको छ । तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको छ । 

मनरा शिसवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ । ‘घाम नदेखिएको तीन दिन भइसक्यो, दिनभरि चिसो स्याँठ चल्छ’, मनरा शिसवाका प्रमुख मोहन पाण्डेयले भने। शुक्रबारसम्म विद्यालय बिदा दिइएको छ । नगरपालिकामा आधारभूत र मावि तहका गरी १६ विद्यालय छन् । पालिकाले बस्तीबस्तीका चोकमा दाउराको व्यवस्था गरेको छ । 

जिल्लाका अन्य १४ स्थानीय तहका विद्यालयमा पनि अधिकांश विद्यार्थी चिसोका कारण  विद्यालय जान छाडेका छन् ।मौसममा  सुधार नभए केही दिन बिदा दिने तयारी भएको भँगाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले समेत बताएका छन्।