close

आजको मौसमः हल्का वर्षाको सम्भावना

आजको मौसमः हल्का वर्षाको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडाैं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज मुलुकका पहाडी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली हुने छ। 

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

यसैगरी राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली  हुनेछ । गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए।