close

पश्चिम पहाडि भूभागमा हिमपात

पश्चिम पहाडि भूभागमा हिमपात

Trulli
ADVERTISEMENT

काठमाडौं- सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ । सोमबार बिहान ६ बजेदेखि नै सिमकोटमा हिमपात भइरहेको छ । 

हिमपातसँगै चिसो बढेपछि हाल जुम्लाको तापक्रम ३ दशमलव ९ डिग्रीमा झरेको छ । चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने चौपायालाई समेत समस्या भएको छ । 

बाक्लो हुस्सुका कारण हवाई सेवासमेत अवरुद्ध भएको छ । गहुँ, जौ, उवा छर्ने समय भएकाले किसान भने खुसी भएका छन् । काठमाडौं उपत्यकामा कहिले घाम लाग्ने र कहिले बादल लाग्ने भइरहेको छ । काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ ।