close

रुकुम-पूर्वमा भएको दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु

रुकुम-पूर्वमा भएको दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । रूकुम पूर्वमा भएको प्रहरीकाे भ्यान दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ। पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरामा जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटनामा भएको थियो।

दुर्घटनामा दुई डिएसपीसहित ६ प्रहरी घाइते भएका थिए। 

लु १ झ ६६० नम्बरको भ्यान दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ पनि घाइते भएका थिए।

गम्भीर घाइते भएकाहरूलाई प्रहरी जवान लक्ष्मण पुनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु प्रदेश प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीको भनाइ छ । 

 

रोल्पाको सुनिल स्मृति गाउँपालिकाका ३० वर्षीय पुन जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वमा कार्यरत थिए।