close

प्युठानमा जिप दुर्घटनामा हुँदा ९ जना घाइते

प्युठानमा जिप दुर्घटनामा हुँदा ९ जना घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं । प्युठानमा जिप दुर्घटनामा हुँदा ९ जना घाइते भएका छन् । आइतबार साझ बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जिप प्युठानको नौबहिनी गाउँपालिकामा दुर्घटना हुँदा ९ घाइते भएका हुन् । 

दुर्घटनामा परी ९ यात्रु घाइते भएका र जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी सत्यनारायण थापाले बताए ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको बताउँदै उनले दुर्घटनाको कारण खुल्न नसकेको बताए । 

उनका अनुसार गाडी सडकबाट करिब ३० मिटर तल खसेको थियो।