close

भारतीय टेलरले जीपालई ठक्कर दिँदा दुई जनाको मृत्यु

भारतीय टेलरले जीपालई ठक्कर दिँदा दुई जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको टेलरले र जीपलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

चितवनबाट काठमाडौँ जाँदै गरेको भारतीय टेलरले जीपलाई  ठक्कर दिँदा जीपमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले बताए । 

मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।

दुर्घटनामा परी घाइते बनेका चालक र सहचालकको उपचारपछि उनीहरू प्रहरीको नियन्त्रणमा रहेको निरीक्षक थापाले जानकारी दिए ।