close

दार्चुलामा भएको जीप दुर्घटनामा परी पाँचको मृत्यु

दार्चुलामा भएको जीप दुर्घटनामा परी पाँचको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । दार्चुलामा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । त्यसैगरी चार जना घाइते भएका छन् ।

जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटना भएको हो । 

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्धार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ । 

जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।