close

दार्चुला दुर्घटना अपडेट : पाँचजनाको मृत्यु, नौ घाइते

दार्चुला दुर्घटना अपडेट : पाँचजनाको मृत्यु, नौ घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं । दार्चुलामा भएको जिप दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । 

शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट आज दिउँसो दार्चुला सदरमुकाम खलङ्गा आउँदै गरेको से१ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ उलानीमा दुर्घटनामा परेको थियो।

जिप दुर्घटनामा परी मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका–८ का उज्जलसिंह बोहरा, हिक्मत जागरी, पुने बोहरा, रैभान बोहरा र चम्फा बोहरा छन् । 

जिप सडकबाट झण्डै २५० मिटर तल खसेको थियो । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।