close

राप्ती नदीमा डुंगा पल्टिँदा घाइते भएका विद्यार्थीको अवस्था सामान्य

राप्ती नदीमा डुंगा पल्टिँदा घाइते भएका विद्यार्थीको अवस्था सामान्य

Trulli
ADVERTISEMENT

काठमाडौं । राप्ती नदीमा विद्यार्थी चढेको डुंगा पल्टिँदा १९ जना विद्यार्थी घाइते भएका छन् ।

बिहीबार लमही नगरपालिका–९ तरुलियाबाट राजपुर गाउँपालिका–७ स्थित मावि सिक्टा जाने क्रममा विद्यार्थ चढेको ढुंगा राप्ती नदीमा पल्टिँदा उनीहरू घाइते भएका हुन् ।

क्षमताभन्दा बढी विद्यार्थी बोक्दा डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी नायव निरीक्षक सरोजकुमार कैलाले  बताए ।

उनका अनुसार सबै विद्यार्थीकाे अवस्था सामान्य छ । ढुंगामा सवार विद्यार्थीहरुको कापी, कलम, झोला सबै राप्ती नदीले बगाएको छ ।