close

गल्याङमा गरिमाले ल्याइदिएको कृषि क्रान्ति

गल्याङमा गरिमाले ल्याइदिएको कृषि क्रान्ति

Trulli
ADVERTISEMENT

वरपर धानका फाँट । बीचमा टहरोजस्तै देखिने घर । नजिकै एउटा बोर्ड झुन्ड्याइएको छ, ‘अन्जली कृषि तथा बाख्रापालन फार्म’ । टर्की र कुखुराले दाना टिपिरहेको दृश्य देखिने फार्मसँगै बाख्रालाई आवश्यक घाँसका विभिन्न जातबारे भित्तोभरि जानकारी टाँसिएको छ ।


गरिमा विकास बैंकको गल्याङ शाखाबाट १५ लाख रुपैयाँ ऋण लिएर ०७६ चैतदेखि सञ्चालनमा आएको गल्याङ नगरपालिका वडा नम्बर– ३ मा रहेको फर्म हो, यो । सानाठूला गरी ५५ बाख्रा रहेको फार्मको संरचना निर्माणका लागि बैंकको सहयोग लिनु परेको सञ्चालक गंगाप्रसाद श्रेष्ठ बताउँछन् । फार्ममा अहिले झन्डै २ सय ५० कुखुरा र ५० जति टर्की छन् । श्रेष्ठ किराना पसल पनि चलाउँछन् । गंगाप्रसादजस्तै अर्का व्यवसायी कुमार श्रेष्ठलाई पनि यो कर्ममा लाग्नु पर्नाको मूल कारण कोरोनै हो ।


सञ्चालक श्रेष्ठ भन्छन्, ‘कोरोना महामारीसँगै भएको लकडाउनपछि के गर्ने भन्ने अन्योल थियो । सबैतिरको बन्द कहिले खुल्छ भन्ने पनि निश्चित भएन । त्यसपछि भएभरको पैसा जोडजाड गरेँ । ऋणधन संकलनपछि दुई दाजुभाइले दस लाख जम्मा पा¥यौं । तर, त्यही पैसाले फार्म बन्न सम्भव थिएन,’ श्रेष्ठ भन्छन्, ‘खोर बनाउने, घाँस लगाउने, जग्गा भाडा सबै गर्दा झन्डै २५ लाख लाग्दो रहेछ ।’ 


थप रकमका लागि गल्याङबजारमा रहेको गरिमा विकास बैंकबाट १५ लाख ऋण लिएपछि फार्म चलाउन सहज भएको सञ्चालक श्रेष्ठको अनुभव छ । गरिमाबाट ऋण लिएर गल्याङ नगरपालिकामा व्यवसाय सञ्चालन गर्ने श्रेष्ठ दाजुभाइ एक्ला भने होइनन् । कृषि उत्पादन र महिला उद्यमशील कार्यक्रमका लागि गरिमाको गल्याङ शाखाबाट झन्डै साढे ३ करोड लगानी भएको छ । 


गल्याङको वडा– ३ बल्पुकका भरतराज बस्यालले गरिमा बैंककै छँदाखाँदाको जागिरै छाडेर पशुपालनलाई अपनाए । युवा वय उमेरका बस्याल भन्छन्, ‘बैंकको जागिर छाडेपछि टर्की र कुखुराको खोरमै रमाइरहेको छु ।’ 


बिहानदेखि बेलुकीसम्म करिब ६ सय टर्की र १ हजार २ सय स्थानीय जात (लोकल) कुखुराको स्याहारसुसारमै उनको दैनिक बित्ने गरेको छ । बस्याल खुसी बाँड्छन्, ‘टर्की र लोकल कुखुराको माग राम्रो छ । यो व्यवसायले पैसो भरिभराउ भएको छ ।’ 


करिब ८ रोपनीमा फैलिएको उनले टर्की फार्मका लागि गरिमा विकास बैंकबाट १५ लाख रुपैयाँ ऋण लिएका छन् । टर्की फार्ममा हालसम्म ३७ लाख लगानी गरिसकेको उनी सुनाउँछन् । २२ लाख मूलधन र अपुग १५ लाख रुपैयाँ गरिमा विकास बैंकको गल्याङ शाखाबाट ऋण लिएपछि  व्यवसाय चम्किएकामा बस्याल औधी खुसी लाग्छन् । 


गल्याङ नगरपालिका–११ जिमुहाका कृषक ताराप्रसाद डुम्रेले २५ रोपनी बाँझो जमिनमा कागती खेती सुरु गर्न गरिमाकै ऋण लिएका छन् । ०७५ देखि कागती खेतीलाई आर्जनको माध्यम बनाएका उनले १५ लाख रुपैयाँ गल्याङकै गरिमा शाखाबाट लिएका हुन् । डुम्रे भन्छन्, ‘अबको ४ वर्षपछि ७ लाख गोटा कागती उत्पादन गरेर वार्षिक २५ लाखभन्दा बढीको कागती बेच्ने लक्ष्य बुनेको छु ।’


७ सात लाख रुपैयाँबाट कागती खेती सुरु गरेका डुम्रेले थप लगानी गर्न समस्या भएपछि गरिमाबाट ६.४८ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँ ऋण लिएका छन् । 
बैंकको शाखा कार्यालयका अनुसार अन्य कर्जाभन्दा कृषि कर्जा ६.४८ प्रतिशत ब्याजदरमा उपलब्ध गराइएकाले किसानलाई ऋण लिएर उद्यम अगाडि बढाउने अवसर छ ।