close

काठमाडौ महानगरका वडा–वडामा गुर्जो खेती सुरु 

काठमाडौ महानगरका वडा–वडामा गुर्जो खेती सुरु 

Trulli
ADVERTISEMENT

काठमाडौं- स्वास्थ्यको लागि लाभदायक मानिएको गुर्जोलाई कोरोना भाइरस रोकथाममा महत्वपूर्ण औषधिका रुपमा सेवन गर्ने क्रम वढ्दो छ । 

बहु उपयोगी मानिएको गुर्जो अब काठमाडौं नगरपालिकाका वडा वडामा रोप्न सुरु गरिएको छ ।  आज महानगरको वडा ७, ९ र ३० मा कांग्रेस नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले गुर्जो रोपेर अभियान सुरु गरेका छन् । 

‘गुर्जोमा रोगप्रतिरोधात्मक क्षमता छ । यसैकारण सरकारले यसलाई बिशेष महत्व दिएको हो । तर गुर्जोले काम गर्छ भनेर खानपान र जीवनशैलीलाई अस्तव्यस्त बनाउने हो भने संक्रमण घट्नुको सट्टा बढ्छ । त्यसैले सबै काममा सन्तुलन कायम गरौं,’ पूर्वमन्त्री थापाको भनाइ छ ।

कार्यक्रम थालनीमा स्थानीय ९७ बर्षिय आशाकाजी महर्जनलाई गुर्जोको विरुवा प्रदान गरिएको थियो । आजै रातोपुलदेखि कालोपुलसम्मको सडक खण्डमा गुर्जो रोपिएको छ । 

कार्यक्रम रुद्रमती सरोकार समाज र वातावरण संरक्षण अभियानको संयुक्त आयोजनामा सम्पन्न भएको हो । यसमा महानगरका वडा ७, ९ र ३०, सांसदको कार्यालय काठमाडौं क्षेत्र नं. ४, फोहोरमैला व्यवस्थापन संघ, फ्लोरिकल्चर एशोसिएसन र ह्याम्स स्कूलको सहकार्य छ । गुर्जोका विरुवा कमलबहादुर राजलवटले उपलब्ध गराएका हुन् ।
 
कार्यक्रममा महानगरको वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ र वडा ३० का अध्यक्ष दलबहादुर कार्कीले आफ्ना वडाहरुमा स्थानीयबाट गुर्जोका विरुवाको धेरै माग रहेको बताए  । 

रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीका अनुसार आज १ हजार विरुवा वितरण हुनेछन् । एकघर एक विरुवाका दरले सबै घरलाई विरुवा उपलब्ध गराइनेछ ।