close

असिना पीडितलाई गाउँपालिकाकाे सहयाेग

असिना पीडितलाई गाउँपालिकाकाे सहयाेग

Trulli
ADVERTISEMENT


बझाङ - बझाङको दुर्गाथली गाउँपालिकाले असिनाबाट पीडित स्थानीयलाई राहत दिने तयारी थालेको छ ।

गत १२ असोज राती आएको असिनापानीले गाउँपालिकाका वडा नं १, २, ३ र ४ का स्थानीयहरूले लगाएको धानबाली, तरकारी, फलफूल, कोदो बालीमा नराम्ररी क्षति र्पुयाएपछि गाउँपालिकाले प्राभावितहरूलाई लागि राहत दिन केन्द्र र प्रदेशसँग समन्वय गरिरहेको छ । 


पाक्नै लागेको धानबाली काट्ने बेला भएको समयमा र केहीले काटेर राखेको धान, पाक्न लागेको कोदोबालीमा क्षति र्पुयाएको भन्दै स्थानीयहरूले गाउँपालिकामा मौखिक जानकारी गराएपछि गाउँपालिकाले प्रभावितहरूलाई राहत दिने निर्णय गर्न लागेको हो । 


दुर्गाथली गाउँपालिकाका प्रवक्ता महेशप्रसाद जोशीले भने, ‘स्थानीयहरूका साझा समस्या गाउँपालिकाका समस्या हुन् । प्रभावितलाई गाउँपालिकाले राहत दिन पहल गरिरहेको छ । बेलाबेलामा स्थानीयका लागि गाउँपालिकाले प्रभावकारी कार्यक्रम ल्याउँदै आएको छ । यसपालि पनि गाउँमा भोकमरी नहोस् भन्नका लागि गाउँकार्यपालिकाको बैठक बोलाएर प्रभावितका लागि राहतको व्यवस्था गरिदिनका लागि प्रदेश र केन्द्र सरकारलाई पत्राचार गर्छौं ।’


पाकेर अन्नबाली भित्र्याउने समयमा असिनाले सबै अन्नबाली नष्ट गरेपछि स्थानीयहरू भोकमरी हुने भन्दै चिन्तामा छन् । ‘एकातिर कोरोनाको चपेटा, अर्कोतिर बर्खाभरी मिहिनेत गरेर लगाएको अन्नबाली सबै असिनाले लगाएपछि किसानहरू चिन्तित भएका हुन्’, स्थानीय दीपक जोशीले भने ।


एक्कासि बिहानको समयमा आएको असिनापानीले वडा नं। १, २, ३, र ४ मा गरी झण्डै ६० लाख रुपैयाँ बराबरको क्षति गरेको र वडा नं। ४ मा मात्र झण्डै ४० लाख रुपैयाँ बराबरको क्षति गरेको दुर्गाथली गाउँपालिकाका प्रवक्ता जोशीले जानकारी दिए ।