close

वेसीशहरमा हाते ट्याक्टरको भाडा प्रति घण्टा ७ सय

वेसीशहरमा हाते ट्याक्टरको भाडा प्रति घण्टा ७ सय

Trulli
ADVERTISEMENT

लमजुङ - लमजुङमकाे वेसीशहर नगरपालिकाले अनुदानमा वितरण गरेको खेत जोत्ने हाते ट्याक्टरको भाडादर निर्धारण गरेकाे छ । वेसीशहरमा हाते ट्याक्टरको भाडादर एकरुपता नभएको र बढी भाडा लिएको गुनासो आएपछि अनुदानमा वितरण गरिएका र आगामी दिनमा वितरण गर्ने हाते ट्याक्टरको भाडादर प्रतिघण्टा ७ सय रुपैँया भन्दा बढी लिन नपाउने गरी नगरपालिकाले निर्णय गरेको हो । 

 

नगरपालिकाका प्रमुख एवं कृषि व्यवसाय प्रर्वद्धन समितिका संयोजक गुमानसिंह अर्यालले आम कृषकलाई सहज होस भनेर हाते ट्याक्टर वितरण गरिएको भएपनि भाडादरमा एकरुपता नभएको गुनासो आएपछि व्यवहारिक रुपमा दररेट तोकिएको बताएका छन् । 


नगरपालिकाले यसअघि करिब १ सय ८० वटा हाते ट्याक्टर वितरण गरेको थियो । चालु आर्थिक बर्षमा पनि करिब १ सय वटा ट्याक्टर वितरण गर्ने कार्यक्रम रहेको छ । हाते ट्याक्टर वितरणले किसानलाई खेती गर्न सहज हुँदै आएको छ । 


कृषि शाखाको बैठकले मेयर कृषि पुरस्कार वितरण गर्ने, हाते ट्याक्टर, मौरी घार, टनेल, कृषि औजार वितरण गर्ने प्रक्रिया अघि बढाउने र विदेशबाट फर्किएका युवाहरुलाई अनुदानमा पक्कि टनेल वितरण गर्ने लगायतका निर्णय समेत गरेको छ ।