close

कृषि कर्म गर्नेलाई चौरजहारीको सहुलियतपूर्ण कर्जा

कृषि कर्म गर्नेलाई चौरजहारीको सहुलियतपूर्ण कर्जा

Trulli
ADVERTISEMENT

रुकुमपश्चिम - रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका कृषकले सहुलियतपूर्ण कर्जा पाउने भएका छन् । विभिन्न कृषि तथा पशुपालन व्यवसायका लागि पालिकाभित्रका कृषकले राष्ट्रिय वाणिज्य बैंकबाट सुलियतपूर्ण कर्जा पाउने भएका हुन् ।

 

सहुलियतपूर्ण कर्जाका लागि बैंक र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौताअनुसार नगरपालिकाका कृषकले व्यावसायिक कृषि र पशुपालन व्यवसायका लागि १० लाखसम्म सहुलियतपूर्ण कर्जा पाउनेछन् ।

 

यसका लागि नगरपालिकाले सुरुमा तालिम सञ्चालन गर्ने र ५/५ जनाको सहकार्य समूह गठन गर्नेछ । सहकार्य समूहले गर्न चाहने कामका आधारमा नगरपालिकाले कर्जाका लागि बैंकमा सिफारिस गरी पठाइने नगरप्रमुख विशाल शर्माले जानकारी दिए । 


‘तालिम प्राप्त कृषकको ५-५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी तथा सहकारीहरूलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्नेछौँ’, नगरप्रमुख शर्माले भने ।’ 
 
पुँजी अभावले सम्भावना हुँदाहुँदै पनि कृषिमा लगानी हुन नसकेपछि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिएको नगरप्रमुख शर्माले बताए । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरे ।


कार्यक्रममा पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा र राष्ट्रिय सभा सदस्य ठगेन्द्रप्रकाश पुरीलगायत उपस्थित थिए ।