close

बर्दिबासका वडा–वडामा कृषि सहकारी

बर्दिबासका वडा–वडामा कृषि सहकारी

Trulli
ADVERTISEMENT

महोत्तरी– महोत्तरीको बर्दिबास नगरपालिकाले कृषिजन्य सामग्री अभाव भोगिरहेका कृषकहरूलाई लक्षित गरी वडा–वडामा कृषि सहकारी स्थापना गर्ने भएको छ ।

 

 


कृषकलाई खेती लगाउने समय बिउबिजन र मलखाद समस्या भोगिरहेको अवस्थाबाट छुटकारा दिलाउन नगरपालिकाले वडा–वडामा कृषि सहकारी स्थापनाको अवधारणा अगाडि सारेको हो ।

 

 


आर्थिक वर्ष २०७७/०७८ भित्रै प्रत्येक वडामा नगरपालिकाको योजनाअनुरूप सहकारी स्थापना गरिसक्ने गरी काम अगाडि बढेको नगरपालिका उपप्रमुख कृष्णमाया गौतमले जानकारी दिइन् ।


उपप्रमुख गौतमले भनिन्, ‘हामीले कृषकले भोगिरहेका मल, बिउ नपाउने समस्यालाई दीर्घकालीन रूपमै समाधानको प्रयास गरेका छौँ । कृषि सहकारी स्थापनाले कृषकको समस्या केही हदसम्म समाधान हुनेछ ।’


सबै वडामा स्थपना भएका कृषि सहकारीले कृषकका समस्यालाइ सूचीकृत गरी नगरपालिकासँग समन्वय गरेर अगाडि बढ्ने उपप्रमुखको गौतमले जानकारी दिइन् ।


यसअघि बर्दिबासका कृषकले पटक–पटक कृषिका समस्या अवगत गराउँदासमेत जनप्रतिनिधिले ध्यान नदिएको गुनासो गर्दै आएका थिए ।


‘कृषि सहकारीलाई सक्रिय बनाई आर्थिकदेखि भौतिकसम्मका सहयोग गर्न नगरपालिका तयार छ । यही वर्षबाट किसानको मल, बिउ नपाउने समस्या पहिचान गरी समाधान गर्दै छौँ’, नगरप्रमुख विदुर कार्कीले भने ।


नगरपालिकाले बालीनाली लगाउन कृषकलाई ऋण दिने, बिमा गर्न वित्तीय सस्थाहरूसँग समन्वय गर्ने, उन्नत बिउबिजन उपलब्ध गराउने, कृषि उत्पादनलाई बढावा दिन वार्षिक रूपमा कृषि मेला आयोजना गरिने योजना सार्वजनिक गरे पनि अहिलेसम्म यस्तो सुविधा पाउन नसकेको कृषकको सामूहिक गुनासो छ ।