close

सरावल गाउँपालिकाका किसानलाई मल्चिङ प्रविधि 

सरावल गाउँपालिकाका किसानलाई मल्चिङ प्रविधि 

Trulli
ADVERTISEMENT

नवलपरासी- नवलपरासी पश्चिमको सरावल गाउँपालिकाले मल्चिङ प्रविधिबाट तरकारी खेती गर्ने किसानलाई प्रविधि हस्तान्तरण गरेको छ । बिहीबार पालिकाले ५ जना कृषकलाई मल्चिङ प्रविधि प्रयोग गर्न प्लास्टिक प्रदान गरेको हो ।

 

पालिकाका अध्यक्ष राधेश्याम चौधरीले २ कठ्ठा जग्गामा तरकारी खेती गर्ने २ र १/१ कठ्ठामा खेती गर्ने २ जना गरी ५ जना किसानलाई जोताइदेखि मल्चिङसम्मका सबै प्रविधिमा सहयोग गरेको जानकारी दिए ।

 

उनका अनुसार यो प्रविधिबाट खेती गर्न इच्छुकमध्ये ५ जनालाई ८ कठ्ठामा खेती गर्न आवश्यक सबै खर्च पालिकाले बेहोरेको हो । ‘मल, बिउ र प्रविधि सबै बेहोरेका छौँ’, चौधरीले भने, ‘यसको परिणाम हेरेर आगामी कार्यक्रम बनाउँछौँ ।’ सरावलमा ठूलो परिमाणमा उब्जनी हुने गरेको छ ।