close

पशु कृत्रिम गर्भाधानमा हौसिँदै इलामेली किसान (भिडियाे खबर)

पशु कृत्रिम गर्भाधानमा हौसिँदै इलामेली किसान (भिडियाे खबर)

ADVERTISEMENT

इलाम- नश्ल सुधारसँगै दूध उत्पादन बढाउन इलामका किसानमा पशुको कृत्रिम गर्भाधानमा आकर्षण बढ्दै गएको छ । दूध उत्पादनले जिल्लामा दुग्धजन्य उद्योगको स्थापनासमेत बढ्दै गएका छन् ।

 

गाउँ-गाउँमा डेरी उद्योग, ललिपप, पनिर, चिज उद्योग, दूध संकलन केन्द्र स्थापनाले किसानमा पशुपालन व्यवसायमा आकर्षण थपेको छ । 


कृत्रिम गर्भाधान गराउन सहज हुने भएपछि गाउँभरि साँढे खोज्दै हिँड्ने किसानले अचेल पशु चिकित्सक सोध्न थालेका छन् । पशुको बिउ साँढे पाल्नेको नभएको, बढी मूल्य, असहज हुने, पर्खिनुपर्ने समस्याले साँढे खोज्नुभन्दा पनि किसान पशु चिकित्सककहाँ जाने गरेका छन् ।

 

विगतमा जिल्ला पशु सेवा कार्यालयले थालेको कृत्रिम गर्भाधान अभियानले दूध उत्पादन बढ्न गई किसानको आर्थिक जीवनस्तर सुधार हुन थालेपछि कृत्रिम गर्भाधानमा किसानको आर्कषण बढ्न थालेको स्थानीय किसान सीता पौडेल र नेत्र बराल बताउँछन् ।

 

उत्पादन गरेको प्रजननयोग्य बाच्छी गाउँमै आकर्षक मूल्यमा बिक्री हुने भएपछि पशुपालन व्यवसायलाई थप सहज र पहुँचयोग्य बनाउँदै लगिएको छ । कृत्रिम गर्भाधानले पशुजन्य उत्पादनको समेत अनुमान गर्न सकिने भेटरेनरी अस्पताल तथा पशु सेवा केन्द्र ताप्लेजुङका पशु प्राविधिक डगबहादुर कार्कीको भनाइ छ ।

 

३ वर्षअघि जिल्लाका किसानले १५ हजार दुई सय ६६ पशुमा कृत्रिम गर्भाधान गराएका थिए । पछिल्ला वर्षमा पशु सेवा कार्यालय स्थानीय तहमा स्थान्तरण भएपछि पशुसम्बन्धी कुनै पनि आधिकारिक तथ्यांक संकलन गर्न सकिएको छैन ।