close

सिद्धिचरणमा नमुना किबी कृषि फार्म छनोट 

सिद्धिचरणमा नमुना किबी कृषि फार्म छनोट 

Trulli
ADVERTISEMENT

ओखलढुंगा– ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले नमुना किबी बगैँचा प्रवद्र्धन तथा स्थापनाका लागि कृषि फार्म छनोट गरेको छ ।व्यक्तिगत लगानीका फार्म छनोटपछि ५० हजार अनुदान पाउनेछन् । अनुदान पाएका फार्मले नमुना किबी बगैँचा प्रवद्र्धन तथा स्थापना गर्नुपर्नेछ ।

 

नगर कार्यपालिका बैठकले सिद्धिचरणको वडा नम्बर ५ र ६ का ३ वटा कृषि फार्म छनोट गरेको नगरपालिका कृषि शाखाका सहायक वीरेन्द्र तामाङले जानकारी दिए । छनोटमा परेका कृषि फार्ममा वडा नम्बर ५ स्थित दोर्ची तरकारी फार्म, सोही स्थानको निमा लगनशील कृषि फार्म र वडा नम्बर ६ को भीमबहादुर मगर मखमली कृर्षि फार्म रहेका छन् ।

 

यसमध्ये निमा लगनशील कृषि फार्मलाई किबी बगैँचा प्रवद्र्धन कार्यक्रमअन्तर्गत अनुदान दिइनेछ भने दोर्ची र मखमली कृषि फार्मले नयाँ बगैँचा स्थापनाका लागि अनुदान पाउने भएका हुन् ।  अनुदान पाउने कृषकले वडाको सिफारिस र कार्यक्रमको कार्ययोजनासहित सम्झौताका लागि आवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ ।