close

शिवराजका कृषकलाई मौरीपालन तालिम

शिवराजका कृषकलाई मौरीपालन तालिम

Trulli
ADVERTISEMENT

कपिलवस्तु (शिवराज)- कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ मा रहेको व्यापार संघ कपिलवस्तुको सभाहलमा नगरभित्रका व्यावसायिक कृषकले २ दिने मौरीपालन प्रविधि तालिम लिएका छन् । 

 

शिवराज नगरपालिका कृषि शाखाको आयोजनामा नगर क्षेत्रभित्रका मौरीपालक कृषकलाई तालिममा सहभागिता गराइएको कृषि शाखा प्रमुख ताराचन्द चौधरीले बताए । 

 

तालिमबाट मौरीपालक कृषकलाई मह उत्पादनमा वृद्धि गराई आत्मनिर्भर बनाउने उद्देश्य राखिएको छ । तालिममार्फत मौरीपालक कृषकलाई मौरीसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक दुवै ज्ञान दिन लागेको मौरी संघका अध्यक्ष मोहन अधिकारीले बताए ।

 

मौरीपालनको सम्भावना, महत्त्व र समस्याबारे जानकारी, मौरी गोला निरीक्षण एवं आवश्यक व्यवस्थापन र मौरीको कृत्रिम आहार व्यवस्थापन गर्न सके मौरीपालनबाट राम्रो आम्दानी लिन सकिने प्रशिक्षक बताउँछन् । 

 

कार्यक्रममा कृत्रिम आहारबारे सहभागीलाई जानकारी दिइएको प्रमुख प्रशिक्षक विष्णुप्रसाद काफ्लेले बताए । बितपाते मौरीको उपचार, व्यवस्थापन र मह मैन उत्पादनबारे जानकारी गराइएको थियो । तालिममा नगरभित्रका करिब ४० जना मौरीपालक सहभागी थिए । 

 

शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले मौरी मानव जीवनका लागि अमूल्य अमृत भएको बताए । अधिकारीले तालिम लिएपछि सीपमा लगाउन आग्रह गरे । कृषि, वन तथा वातवरण समिति संयोजक जगतबहादुर घर्ती क्षेत्रीले तालिमपछि मौरीपालक कृषकको मह उत्पादनमा वृद्धि हुनुको साथै आर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।