close

टर्कीमा फल्ने दाँते ओखर अब कर्णालीबासीका खेतबारीमा पनि  

टर्कीमा फल्ने दाँते ओखर अब कर्णालीबासीका खेतबारीमा पनि  

Trulli
ADVERTISEMENT

मुगु– कर्णाली प्रदेशका ३ हिमाली जिल्लाका लागि टर्कीबाट ल्याइएका दाँते ओखरका बिरुवा डोल्पा, हुम्ला हुँदै मुगु ल्याई पु¥याइएको छ ।

 
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि निर्देशनालय सुर्खेतको सहयोगमा कृषि विकास कार्यालय मुगुलगायतका थप २ जिल्लामा दाँते ओखरका बिरुवा ल्याइएको कृषि विकास कार्यालय मुगुले जानकारी दिएको हो । 

 

कर्णालीका ३ जिल्लामा ३२ हजार बराबरका दाँते ओखर भित्रिएका हुन् । मुगुमा ८ हजार, हुम्लामा ६ हजार र डोल्पामा १८ हजार दाँते ओखरका बिरुवा कर्णाली भित्रिएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख कमलबहादुर सुनारले बताए । 


टर्कीमा उत्पादन भएका विभिन्न उन्नत जातका च्यालेन्दर र फ्रान्कुटे गरी २ जातका बिरुवा मुगु ल्याइएको छ भने डोल्पामा ४ जातका र हुम्लामा पनि २ जातका बिरुवा पुगेको कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख बखत खड्काले बताए ।  

 

‘कर्णालीका कृषकको आयआर्जन वृद्धि व्यावसायिक रूपमा दाँते ओखरको उत्पादन गरेर आम्दानी बढाउने उद्देश्यले दाँते ओखरका बिरुवा कृषक समूह, सहकारी र व्यक्तिलाई वितरण गरिनेछ’, सुनारले भने ।


ओखरका बिरुवा फागुन, चैतमै वितरण गर्नुपर्ने भए पनि कोरोना संक्रमणका कारण ल्याउन ढिलाइ हुँदा उत्पादनमा समस्या आउने कृषक बताउँछन् । 

 

ओखरका बिरुवा गत महिनामै वितरण गरिसक्नुपर्ने भए पनि विविध कारणले ढिला भएको कृषि विकास कार्यालय मुगु बागवानी शाखाका तीर्थराज देवकोटाको भनाइ छ । १५ प्रतिशत कृषक र ८५ प्रतिशत अनुदानमा बिरुवा वितरण गरिनेछ ।