close

पिडीखोलाका ८० परिवारलाई गल्याङले बाँड्यो बाख्रा तथा घाँसको बिउ

पिडीखोलाका ८० परिवारलाई गल्याङले बाँड्यो बाख्रा तथा घाँसको बिउ

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिकाले वडा नम्बर ६ का परिवारलाई बाख्रा तथा घाँसको बिउ वितरण गरेको छ । नगरपालिकाका किसानहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बोका बाख्रा वितरण गरेको हो ।


६ नम्बर वडा कार्यालयमा भएको कार्यक्रममा वडाध्यक्ष टीकाराम भुसालले किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउन कृषि र पशु क्षेत्रमा नगरपालिकाले विभिन्न योजना ल्याएको बताए । 


कार्यक्रममा गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशील अर्यालले खरी तथा बोयर जातका बोका वितरण गरिएकोे र उन्नत जातका बोकाबाट व्यावसायिक रूपमा अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


बाख्राका लागि आवश्यक घाँस पनि सँगै वितरण गरी दानाको खपत कम गर्ने लक्ष्य राखिएको उनले बताए । उक्त अवसरमा किसानलाई सुपर नेपियर, मोलाटो, गवाटेमाला, बदामे, राइखनियोलगायत घाँसका बिउ वितरण गरियो । 


पिडीखोला कृषि सहकारी संस्थाका अध्यक्ष देवीलाल पाण्डेले प्राप्त बोका र घाँसको सदुपयोग गर्न आग्रह लाभग्राहीलाई आग्रह गरे ।