close

शुद्धोधनमा विपन्नले पाए मौरी घार

शुद्धोधनमा विपन्नले पाए मौरी घार

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको शुद्धोधन गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत विपन्न किसानलाई मौरीपालन तालिम तथा मौरी घार वितरण गरिएको छ । 

 

शुद्धोधन गाउँपालिकाको कृषि कार्यालयमा आयोजित कार्यक्रममा किसानलाई मौरी घार वितरण गरिएको हो ।


मौरी घार वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्तिदेवी ज्ञवालीले विपन्न र बेरोजगार किसानलाई मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम तथा तालिमले बेरोजगारलाई राहत मिल्ने बताइन् ।


कार्यक्रममा गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमले स्थानीयलाई तालिम र मौरी घार दिएपछि घरमै बसेर रोजगारी गर्न सहज भएको बताए ।


स्थानीय सरकारले बेरोजगार किसानलाई रोजगारी दिने खाले कार्यक्रम सञ्चालन गरेको बताउँदै तालिम आवश्यक भए गाउँपालिकामा समूह बनाएर माग गर्नसमेत आग्रह गरे ।