close

शिवराजका लोकल कुखुरापालक ४० किसानले पाए खोर 

शिवराजका लोकल कुखुरापालक ४० किसानले पाए खोर 

Trulli
ADVERTISEMENT

कपिलवस्तु(शिवराज)- कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ मा रहेको लोकल कुखुरा पाकेट क्षेत्रका कुखुरापालक किसानलाई मुख्यमन्त्री ग्रामीण रोजगार कार्यक्रम वाट ४० घरधुरीलाई खोर वितरण गरिएको छ । 


शिवराज नगरपालिकाको वडा नम्बर ३ लाई लोकल कुखुरा पकेट क्षेत्रका रूपमा विस्तर गरिने वडा नम्बर ३ का वडाध्यक्ष टेकलाल सापकोटाले बताए । 


गरिब तथा विपन्न परिवारका ४० जनालाई कुखुराको खोर वितरण कार्यक्रममा वडा नम्बर ३ को भितरिया गाउँ कुखुरापालनका लागि उपयुक्त भएकाले खोर वितरण गरिएको शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले बताइन् ।


थारुले नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगै विपन्न नागरिकको आयमूलक कार्यमा लगानी गर्दै आएको जानकारी दिइन् । 


खोर वितरण कार्यक्रममा शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारीले स्थानीय कुखुरापालक किसानलाई आत्मनिर्भर बनाउन नगरपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत खोर वितरण गरेको बताए ।


उनले वितरण गरिएका सामग्री प्रयोग गरेर लाभ लिन किसानलाई सुझाए । नगरपालिकाले वितरण गरेको सामग्री प्रयोग भए/नभएको अनुगमन गरिने उनले जानकारी दिए ।