close

कृषि र उद्यम प्रवर्द्धन गर्न प्रदेश १ ले दियो अनुदान

कृषि र उद्यम प्रवर्द्धन गर्न प्रदेश १ ले दियो अनुदान

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- प्रदेश १ सरकारले प्रदेशभरका किसान तथा उद्यमीहरुलाई कृषि व्यवसाय प्रवर्द्धनका लागि अनुदान उपलब्ध गराउने भएको छ ।

 

अनुदान पाउनका लागि २७ साउनका मितिले ३० दिन भित्र प्रदेशभित्रका जिल्लामा रहेका सहकारी संस्था, नीजि फर्म, कम्पनी एवम् नीजि उद्यमीहरुले आवेदन दिइ सक्नुपर्ने हुन्छ । 

 

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अनुदान पाउनका लागि आवेदन दिन प्रदेशभरका सहकारी संस्था, नीजि फर्म, कम्पनी एवम् नीजि उद्यमीहरुलाई आह्वान  गरेको छ । 

 

प्रदेश सरकारले साइलेज प्रयोजनका लागि च्याफ कटर खरिद, टि.एम.आर मेशिन खरिद, साइलेज सम्वन्धी यन्त्र उपकरण खरिदमा सहयोग, धुलो दुध कारखाना निर्माणमा सहयोग, दुध उत्पादन, प्रशोधन पूर्वाधार निर्माणमा सहयोग र व्यवसायिक बंगुर फार्महरुमा बंगुरको कृतिम गर्भाधानका मेशिन उपकरणहरु खरिदमा सहयोग गर्नेगरी अनुदान दिन लागेको छ । 

 

अनुदान माग गर्ने सहकारी संस्था,नीजि फर्म,कम्पनी एवम् नीजि उद्यमीहरुले आबेदनका साथ कृषि व्यवसाय प्रवद्र्धन कार्यविधि २०७६ को अनुसूची–४ को क्रमसंख्या ८२ मा उल्लेख भए अनुसारको प्रस्ताव समेत संलग्न गर्नुपर्ने हुन्छ । 

 

आबेदन सहितको प्रस्ताव प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र पाँचथर, इलाम, झापा, संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा र उदयपुर तथा सम्पर्क कार्याहरु ताप्लेजुङ, इलाम,खोटाङ, भोजपुर, तेह्रथुम र सोलुखुम्बुमार्फत प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।