close

देशभर ९८ प्रतिशत धान रोपाइँ भएको तथ्यांक सार्वजनिक 

देशभर ९८ प्रतिशत धान रोपाइँ भएको तथ्यांक सार्वजनिक 

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले साउन अन्तिम साता सम्म मुलुकभर ९७.८९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको तथ्यांक सार्वजनिक गरेको छ । कृषि विभागका अनुसार २८ साउनसम्म भएको रोपाइँका आधारमा यो गत वर्षको तुलनामा ४ हजार हेक्टरमा कम धान रोपिएको हो ।


नेपालमा १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको विभागका सूचना अधिकारी डा. महादेवप्रसाद पौडेलले बताए । उनका अनुसार २८ साउनसम्म १३ लाख ४२ हजार ८१९.९४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष १३ लाख ४६ हजार ९२० हेक्टर क्षेफलमा रोपाइँ भएको थियो ।


‘कुल हेक्टर क्षेत्रफलमध्ये ४ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छैन,’ सूचना अधिकारी पौडेलले भने, ‘यो केही मात्राको फरक हो । गत वर्ष ९८.१९ प्रतिशत रोपाइँ भएको थियो भने यो वर्ष ९७.८९ भएको छ । गत वर्षभन्दा अघिल्ला वर्षमा ९५ प्रतिशत मात्र हुन्थ्यो । यो हिसाबले यस वर्ष धान रोपाइँ धेरै भएको हो ।’


उनका अनुसार ७ प्रदेशमध्ये केही प्रदेशमा धेरै धान रोपाइँ भएको छ भने प्रदेश २ मा भने रोपाइँ कम भएको छ ।  प्रदेश २ मा यस वर्ष ९६.८० प्रतिशत मात्र धान रोपाइँ भएको छ भने यो समय गत वर्ष ९९.०२ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ ।


कृषि मन्त्रालयल यो वर्ष ६० लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको उनले बताए । गत आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।


प्रदेशगत धान रोपाइँको स्थिति

विभागका अनुसार प्रदेश १ मा ९६.८६ प्रतिशत रोपाइँ भएकोे छ । प्रदेश १ मा २ लाख ७५ हजार ९०१ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको विभागको तथ्यांक छ । यसमध्ये २ लाख ६७ हजार १४९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । यही अवधिमा गत वर्ष ९५.८८ प्रतिशत रोपाइँ भएको थियो ।


प्रदेश २ मा ९६.८० प्रतिशत रोपाइँ भएको छ । प्रदेश २ मा ३ लाख ६५ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको विभागको तथ्यांक छ । यो वर्ष लगभग ३ लाख ५३ हजार ९०२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ । गत वर्ष यही अवधिमा ९९.०२ प्रतिशत रोपाइँ भएको थियो । यो वर्ष गत वर्षको तुलनामा केही कमि आएको छ ।


बागमती प्रदेशमा ९८.०८ प्रतिशत धान रोपाइँ सकिएको विभागको तथ्यांक छ । बागमती प्रदेशमा १ लाख १५ हजार २ सय ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा यो वर्ष १ लाख १३ हजार ८२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको विभागले जनाएको छ । त्यस्तै, बागमती प्रदेशमा गत वर्ष ९७.८५ प्रतिशत रोपाइँ भएको थियो ।

 

गण्डकी प्रदेशमा ९८.६४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । १ लाख ८२ हजार ७८ हेक्टर क्षेत्रफल धान खेती हुने गरेकामा यो वर्ष गण्डकी प्रदेशमा १ लाख ६८ हजार १० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । गत वर्ष गण्डकी प्रदेशमा ९७.६८ प्रतिशत मात्र धान रोपाइँ भएको थियो ।


लुम्बिनी प्रदेशमा ९८.९५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागको तथ्यांकमा उल्लेख छ ।  ३ लाख ३५ हजार ९३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा यो वर्षमा ३ लाख ३९२.०२०६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । यही समय गत वर्ष लुम्बिनी प्रदेशमा ९८.६६ प्रतिशत रोपाइँ भएको थियो ।


कर्णाली प्रदेशमा सतप्रतिशत रोपाइँ सम्पन्न भएको विभागले बताएको छ । ३ लाख ८३ हजार ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकामा ३ लाख ८३ हजार ८५ हेक्टर क्षेत्रफलमै रोपाइँ सकिएको विभागको भनाइ छ । गत वर्ष यही समय कर्णाली प्रदेशमा ९८.५३ प्रतिशत रोपाइँ भएको थियो ।

 

यस्तै, सुदूरपश्चिम प्रदेशमा ९९.०६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । सो प्रदेशमा १ लाख ६४ हजार १७० हेक्टर क्षेत्रफलमध्ये १ लाख ६३ हजार ९७ हेक्टरमा रोपाइँ सम्पन्न भएको विभागले बताएको छ । गत वर्ष यो समय ९९.८६ प्रतिशत रोपाइँ भएको थियो ।

 

जिल्लागत धान रोपाइँ

विभागका अनुसार ताप्लेजुङमा ९९.५० प्रतिशत, संखुवासभामा ९८ प्रतिशत, सोलुखुम्बुमा १०० प्रतिशत, पाँचथरमा ९४ प्रतिशत, इलाममा ९१ प्रतिशत, भोजपुरमा ९० प्रतिशत, तेह्रथुममा ९१ प्रतिशत, धनकुटामा, ८८ प्रतिशत, उदयपुरमा ९७ प्रतिशत, ओखलढुंगामा, १०० प्रतिशत, खोटाङमा १०० प्रतिशत, झापामा ९८ प्रतिशत, मोरङमा ९८ प्रतिशत र सुनसरीमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।


त्यस्तै, धनुषामा ९५ प्रतिशत, महोत्तरीमा ९८ प्रतिशत, सर्लाहीमा ९८ प्रतिशत, पर्सामा ९९ प्रतिशत, बारामा ९५ प्रतिशत, रौतहटमा ९२ प्रतिशत, सप्तरीमा ९८ प्रतिशत, सिराहामा ९९ प्रतिशत, दोलखामा ९९ प्रतिशत, रसुवामा ९९ प्रतिशत, सिन्धुपाल्चोकमा ९६ प्रतिशत, रामेछापमा ९८ प्रतिशत, सिन्धुलीमा ९८ प्रतिशत, धादिङमा ९८ प्रतिशत, नुवाकोटमा ९८ प्रतिशत, काभ्रेमा ९८ प्रतिशत, काठमाडौंमा ९९ प्रतिशत, भक्तपुरमा ९९ प्रतिशत, ललितपुरमा ९९ प्रतिशत, मकवानपुरमा ९९ प्रतिशत र चितवनमा ९८ प्रतिशत रोपाइँ भइसकेको छ ।


मनाङ र मुस्ताङमा ० प्रतिशत, पर्वतमा १०० प्रतिशत, कास्कीमा ९८ प्रतिशत, गोरखामा ९६ प्रतिशत, म्याग्दीमा १०० प्रतिशत, स्याङ्जामा ९८ प्रतिशत, बाग्लुङमा १०० प्रतिशत, तनहुँमा ९६.७ प्रतिशत, लमजुङमा १०० प्रतिशत, नवलपुरमा १०० प्रतिशत, अर्घाखाँचीमा १०० प्रतिशत, गुल्मीमा ९६ प्रतिशत, रोल्पामा १०० प्रतिशत, रुकुम पूर्वमा ९८ प्रतिशत, पाल्पामा ९६.४१ प्रतिशत, प्यूठानमा ९६.५ प्रतिशत, नवलपरासीमा १०० प्रतिशत, कपिलवस्तुमा ९९ प्रतिशत, रुपन्देहीमा १०० प्रतिशत, बाँकेमा १०० प्रतिशत, बर्दियामा ९८ प्रतिशत र दाङमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विभागको तथ्यांकमा उल्लेख छ ।

 

यसैगरी जुम्लामा १०० प्रतिशत, कालीकोटमा १०० प्रतिशत, मुगुमा १०० प्रतिशत, डोल्पामा १०० प्रतिशत, हुम्लामा १०० प्रतिशत, सुर्खेतमा १०० प्रतिशत, दैलेखमा १०० प्रतिशत, रुकुम पश्चिममा १०० प्रतिशत, जाजरकोटमा १०० प्रतिशत, सल्यानमा १०० प्रतिशत, दार्चुलामा ९८ प्रतिशत, बझाङमा ९९ प्रतिशत, बाजुरामा ९५ प्रतिशत, डडेल्धुरामा ९८ प्रतिशत, डोटीमा ९७ प्रतिशत, बैतडीमा ९५ प्रतिशत, अछाममा ९७ प्रतिशत, कैलालीमा १०० प्रतिशत र कञ्चनपुरमा १०० प्रतिशत धान रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।