close

वालिङका किसानले पाए अनुदानमा गहुँ बिउ

वालिङका किसानले पाए अनुदानमा गहुँ बिउ

Trulli
ADVERTISEMENT

स्याङ्जा/वालिङ–स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय किसानलाई अनुदानमा गहुँको बिउ वितरण गरेको छ । नगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार आवेदन दिएका किसानको मागका आधारमा ५० प्रतिशत अनुदानमा गौतम जातको उन्नत गहुँको बिउ उपलब्ध गराइएको हो ।

 

नगरपालिकाले कृषि क्षेत्रमा समयानुकूलका बिउबिजन, औजार, उपकरण, किटनाशक औषधी उपलब्ध गराउँदै आएको छ । त्यसैलाई निरन्तरता दिँदै गहुँको बिउ उपलब्ध गराइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

 

नगरपालिकाले सूचना प्रकाशन गरेबमोजिम माग गरेका समूह, सहकारी तथा व्यक्तिलाई ढुवानीसहित ५० प्रतिशत अनुदानमा उन्नत जातको बिउ उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए ।


पहिलो चरणमा ४३ क्विन्टल बिउ उपलब्ध गराइएको छ भने दोस्रो चरणमा १७ क्विन्टल बिउ उपलब्ध गराउने तयारी भइरहेको कृषि शाखाका प्राविधिक केशबहादुर थापाले बताए ।