close

सप्तरीमा रासायनिक मल अभाव

सप्तरीमा रासायनिक मल अभाव

Trulli
ADVERTISEMENT

सप्तरी– हालैको बेमौसमी वर्षाले धानबालीमा क्षति बेहोरेका सप्तरीका किसानले यतिबेला गहुँ खेती गर्न रासायनिक मल अभावको समस्या झेल्नुपरेको छ । 
मल अभावका कारण समयमै गहुँ छर्न नपाएर समय घर्किन लागेको किसानले गुनासो गरे ।


वर्षापछि डुबानमा परेको होचो भागको अधिकांश क्षेत्रका जग्गा हिलाम्मे भएका कारण अझै खनजोत गर्न सकिएको छैन । पानी नजमेका अग्लो भागका जग्गामा खनजोत गरेर गहुँ छर्ने तयारीमा रहेका किसानलाई मल अभाव भएको हो ।

 

तराईका जिल्लामा कात्तिक अन्तिम साताभित्र गहुँ छरिसक्ने गरिएको छ । यो समयभित्र गहुँ नछरे उत्पादन राम्रो नहुने किसानको भनाइ छ ।  ‘कात्तिक अन्तिमतिर गहुँ छर्दा उत्पादन राम्रो हुने भए पनि यसपालि वर्षाका कारण डुबानमा परेका खेत जोत्न सकिएको छैन’, महादेवा गाउँपालिका वडा नम्बर १ का कृषक दशन यादव भन्छन्, ‘डुबानमा नपरेका अग्लो भागका जग्गामा गहुँ छर्न मल नहुँदा अर्को समस्या आइलागेको छ ।’

 

मलका लागि दिनहुँ कृषि सहकारी संस्थाका प्रतिनिधि राजविराजस्थित कृषि सामग्री कम्पनीको कार्यालय धाइरहेका छन् । पछिल्ला वर्षमा सहकारी संस्थामार्फत कृषकलाई अनुदानको रासायनिक मल बिक्री हुँदै आएको छ । सरकारी अनुदानको रासायनिक मल बिक्री वितरणको जिम्मेवारी पाएको सो कम्पनीमा डिएपी र युरिया मलको मौज्दात सकिएको छ ।

 

मल आपूर्तिका लागि गरिएको बोलपत्रमा कोरोनाको समस्याका कारण कसैले निवेदन नहालेकाले समयमै मल आपूर्ति गर्न ढिलाइ भएको हो । कोरोनाका कारण कसैको निवेदन नपरेकाले समयमै मल आपूर्ति भएन ।


‘वर्षाले खेतमै काटेर सुकाइएको धानबाली भिजेर नष्ट भएको पीडामा रहेका किसानको हिउँदयामको प्रमुख गहुँ बाली पनि समयमै गर्न नपाएर प्रभावित हुने देखिएको छ’, सप्तरीका कृषक जयनारायण यादवले भने । रासायनिक मल प्रयोग गरिने खेतमा यसको प्रयोगबिना खेती गर्दा उत्पादन घट्ने गरेको किसानको अनुभव छ ।