close

महालक्ष्मीले बाँड्यो १४० पशुपालक किसानलाई चापाकटर

महालक्ष्मीले बाँड्यो १४० पशुपालक किसानलाई चापाकटर

Trulli
ADVERTISEMENT

धनकुटा– धनकुटाको महालक्ष्मी नगरपालिकाले पशुपालक किसानलाई मोटरसहितको चापाकटर वितरण गरेको छ । नगर क्षेत्रका १४० पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा चापाकटर वितरण गरिएको हो । विद्युत्का माध्यमबाट चल्ने सो चापाकटर गाईवस्तुलाई दिइने घाँस टुक्र्याउन उपयोगी मानिन्छ ।


नगरपालिकामा मंगलबार औपचारिक कार्यक्रम गरेर किसानलाई चापाकटर हस्तान्तरण गरिएको छ । कार्यक्रममा छुटेकालाई केही दिनभित्रै वितरण गरिने नगरपालिकाले जनाएको छ । किसानलाई पशुपालनमा प्रोत्साहन र सहजीकरण गर्न नगरपालिकाले अनुदानमा चापाकटर वितरण गरेको नगरप्रमुख पर्शुराम नेपालले बताए । 


कृषि पेसालाई समय अनुकूल यन्त्र उपकरण प्रयोगबाट सहज र सरल बनाउन नगरपालिकाले सहयोग गर्दै आएको उनले जानकारी दिए । आगामी दिनमा पनि किसानलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।


कार्यक्रममा नगर उप–प्रमुख मञ्जु अधिकारी, वडा नम्बर का वडाध्यक्ष टेकबहादुर गुरुङलगायतले चापाकटरको प्रयोगबाट किसानलाई उत्पादन बढाउन सहज हुने विश्वास व्यक्त गरे । चापाकटरबाट घाँस काट्न छिटो र सरल हुने भएकाले उपयोगी हुने किसानले बताए । चापाकटरको बजार मूल्य प्रतिगोटा करिब ३५ हजार रुपैयाँ छ । नगरपालिकाले लाखौँ रकम खर्चेर किसानलाई अनुदानमा चापाकटर वितरण गरेको हो ।