close

किसानलाई गहुँको उन्नत विउ वितरण

किसानलाई गहुँको उन्नत विउ वितरण

Trulli
ADVERTISEMENT

सुनसरी– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको ८ वटै वडाका किसानलाई गहुँको बिउ वितरण गरिएको छ । कृषकलाई ५० प्रतिशत अनुदानमा विउ वितरण गरिएको हो ।

 

गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा गहुँको उन्नत बीउ वितरण गरेको कृषि विकास शाखाका प्रमुख रेनुका चौधरीले जानकारी दिइन् ।

 

चौधरीकाअनुसार ५० प्रतिशत अनुदानमा गहुँ बीउ वितरण कार्यक्रलाई प्रभावकारी बनाउने उद्देश्यले छनौटमा परेका कृषि समूह, कृषि सहकारी, कृषि फार्ममार्फत विभिन्न वडाका किसानहरुलाई गहुँ वितरण गरिएको छ ।

 

वितरण कार्यक्रममा माँ काली कृषिफर्म भोक्राहा नरसिंह गाउँपालिका १ मा ५० प्रतिशत अनुदानमा ४० केजीको ६६ प्याकेट उन्नत जातको विजया गहुँको बीउ वितरण गरिएको हो । उन्नत जातको गहुँको बीउ कृषि सामग्री लिमिटेड इटहरीबाट ल्याइएको चौधरीले बताइन् ।