close

चौँरी कृषकलाई उपकरण वितरण

चौँरी कृषकलाई उपकरण वितरण

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक–  जुगल गाउँपालिकाका माथिल्लो भेगमा चौँरीपालन गरी जीविकोपार्जन गरिरहेका कृषकलाई व्यावसायिक प्रोत्साहनका लागि मङ्गलबार विभिन्न उपकरण वितरण गरिएको छ ।


 
उनीहरुलाई छुर्पी बनाउने उपकरण, घ्यू छुट्याउने उपकरण, पोर्टेवल सोलार सेट, त्रिपाललगायतका सामग्री वितरण गरिएको हो । सो पालिकाको तेम्बाथान, क्याङसिङ, गुम्बा, पागर्पुका ६२ परिवार चौँरीपालक किसानलाई सो उपकरण हस्तान्तरण गरिएको गाउँपालिका प्रशासकीय अधिकृत लोकबहादुर विकले बताए ।