close

राप्ती पालिकाद्वारा बाली उत्पादन तालिमपछि प्रविधि हस्तान्तरण

राप्ती पालिकाद्वारा बाली उत्पादन तालिमपछि प्रविधि हस्तान्तरण

Trulli
ADVERTISEMENT

दाङ– दाङका राप्ती गाउँपालिका क्षेत्रका कृषकलाई बाली उत्पादन तालिमपछि प्रविधि हस्तान्तरण गरिएको छ । नामसालिङ सामुदायिक विकास केन्द्र दाङ शाखाद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत बिउ भण्डारण गरिने अत्याधुनिक ड्रम उपलब्ध गराइएको हो ।


राप्ती गाउँपालिकाका नामसालिङ सामुदायिक विकास केन्द्रको सेवा क्षेत्रका वडामा गठित कृषक समूहका २५ कृषकका लागि बाली उत्पादनपछि प्रविधिका साथै बजारीकरण तालिमसमेत दिइएको नामसालिङका कार्यक्रम संयोजक तथा कृषि अधिकृत शशांक आचार्यले जानकारी दिए ।


तालिममा सहभागी कृषकलाई सोही परियोजनाअन्तर्गत बाली उत्पादनपछि प्रविधि सहयोगस्वरूप जनही १ थान बिउबिजन भण्डारण ड्रम राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले वितरण गरिन् ।