close

राप्तीका कृषकलाई बाँडियो कृषि प्रविधि सामग्री

राप्तीका कृषकलाई बाँडियो कृषि प्रविधि सामग्री

Trulli
ADVERTISEMENT

दाङ–दाङको राप्ती गाउँपालिकाका विभिन्न वडामा गठित कृषक समूहका सदस्यलाई कृषि प्रविधि सामग्री वितरण गरिएको छ । नामसालिङ सामुदायिक विकास केन्द्रको परियोजना कार्यालय दाङले कृषकलाई उक्त सामग्री वितरण गरेको हो । राप्ती पालिकाका कृषकलाई प्लास्टिक टनेल तथा मकै रोप्ने हाते औजार, ज्याब सिडर वितरण गरेको कृषि अधिकृत शशांकबाबु आचार्यले जानकारी दिए ।

 

 

केन्द्रमा आबद्ध कृषकलाई बेमौसमी र जलवायु अनुकूलित तरकारी उत्पादन गर्न १५ थान प्लास्टिक टनेल तथा मकै लगाउने ४ थान हाते औजार ज्याब सिडर वितरण गरिएको हो । राप्ती पालिकासँगको साझेदारी तथा विकास कोष नर्वेको आर्थिक सहयोगमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत अनुदानमा सामग्री वितरण गरिएको हो ।