close

राप्ती पालिकाका किसानले पाए अनुदानमा कृषि औजार

राप्ती पालिकाका किसानले पाए अनुदानमा कृषि औजार

Trulli
ADVERTISEMENT

दाङ– दाङको राप्ती गाउँपालिकाका विभिन्न वडामा गठित कृषक समूहका सदस्यलाई साना कृषि औजार वितरण गरिएको छ । नामसालिङ सामुदायिक विकास केन्द्रको परियोजना कार्यालयले पालिकाको सहकार्यमा समूहमा आबद्ध किसानको उत्पादन बढाउने उद्देश्यले सामूहिक तथा व्यक्तिगत प्रयोगका लागि ५ थान मिनी टिलर, ६ थान कुटानी तथा पिसानी मिल र ८ थान मकै सेलर मेसिन वितरण गरिएको हो ।

 

राप्ती पालिकासँगको साझेदारी तथा विकास कोष नर्वेको आर्थिक सहयोगमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको हो । वितरण गरिएका कृषि औजारमा अञ्जु खनाल फूलबारी समूह बराखुट्टी, टंकनाथ चौधरी लालीगुराँस समूह खुरुरिया, पञ्चावती समाल संगिनी समूह भुल्ने, शान्तप्रसाद चौधरी नमुना समूह वसन्तपुर, कुसमी विक कोपिला समूह नयाँबस्ती, रामदुलारी चौधरी नमुना समूह वसन्तपुरलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको नामसालिङ सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिए ।

 

केन्द्रको ५० प्रतिशत अनुदानमा मकै सेलर मेसिन पाउनेमा गीता चौधरी, टिपुनी चौधरी, मीना चौधरी, कुलबहादुर बुढा मगर, शिवा चौधरी, बिनु चौधरी र शिवा चौधरी रहेका छन् । अनुदानमा मिनी टिलर पाउने किसानमा विक्रमसुनारी मगर, रिखीराम कुमाल, सरिता उचहि, शर्मिला वली र गौरीमाया घर्ती रहेका छन् ।