close

किसान सूचीकरण गर्दै बकैया

किसान सूचीकरण गर्दै बकैया

Trulli
ADVERTISEMENT

मकवानपुर– मकवानपुरको बकैया गाउँपालिकामा किसान सूचीकरण व्यवस्थित गर्न पालिकाले किसानलाई सूचीकरण प्रणालीको सफ्टवेयर सञ्चालनसम्बन्धी तालिम दिएको छ । पालिकाको आर्थिक विकास शाखाको आयोजनामा किसानलाई तालिम दिइएको हो । गाउँपालिकामा रहेका किसानलाई सूचीकृत गर्दा पालिकालाई योजना बनाउन सहज हुने र तिनको आवश्यकता र उत्पादनलाई समेत ध्यान दिन सहयोग पुग्ने भएका कारण उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

 

पालिकाले तालिममा सहभागीलाई किसानका घरघरमा गई किसान सूचीकरणको पूर्ण अभ्यास गराइरहेको छ । तालिममा मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले खाद्य अधिकार र खाद्य सम्प्रभुतासम्बन्धी ऐन ०७५, किसान सूचीकरण, त्यसको अवधारणा, नेपाल र अन्य मुलुकमा किसान सूचीकरणको अवस्था, प्रयोगबारे प्रस्तुति राखे । 

 

त्यसैगरी कृषि र पर्यटनमा राम्रो आम्दानी गरिरहेको मकवानपुरगढी गाउँपालिकामा कार्यालयले पालिकाभित्रको कृषि उपजलाई पालिकाभित्रै खपत गराउने उद्देश्यका साथ पर्यटन व्यवसायीलाई तालिम दिने निर्णय गरेको छ । गाउँपालिकाले होटल, घरबास, रेस्टुरेन्ट तथा खाजाघरका सञ्चालकलाई कोदो र फापरको परिकार बनाउने तालिम दिने भएको हो ।