close

पाँचथरको कुम्मायक पालिकामा कृषक पाठशाला

पाँचथरको कुम्मायक पालिकामा कृषक पाठशाला

Trulli
ADVERTISEMENT

पाँचथर– दक्षिणी पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर ५ स्याबरुम्बामा टमाटर खेतीका लागि आईपीएम कृषक पाठशाला सुरु भएको छ । १६ सातासम्म सञ्चालन हुने कृषक पाठशालामा २५ जना स्थानीय किसानको सहभागिता रहेको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ । 

 

आईपीएम कृषक पाठशालाको उद्घाटन गर्दै कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले सहभागी किसानलाई ज्ञान, सीप आर्जन गरी आर्थिक उपार्जन गर्न आग्रह गरे । कार्यक्रममा कुम्मायक वडा नम्बर ५ का वडा सदस्य इन्द्रबहादुर चेम्जोङ, राष्ट्रिय कृषक समूह महासंघ पाँचथरका अध्यक्ष तथा कृषक पाठशालाका सहजकर्ता गणेश पोख्रेललगायतले शुभकामना दिए ।

 

कृषक पाठशाला स्थानीय किसानका लागि सिकाइका लागि अवसर भएको कार्यक्रम आयोजक संस्था थोक्फेला महिला कृषक समूहका सचिव विमला हेम्ब्याले बताइन् । आईपीएम कृषक पाठशाला कृषि ज्ञान केन्द्र पाँचथरमार्फत वडा नम्बर ५ र ७, ताप्लेजुङका २ वडामा सञ्चालनमा रहेको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।