close

चौदण्डीगढीले बाँड्यो ९ र १० वडाका किसानलाई चापाकटर

चौदण्डीगढीले बाँड्यो ९ र १० वडाका किसानलाई चापाकटर

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले किसानलाई चापाकटर वितरण गरेको छ । वडा नम्बर ९ र १० का किसानलाई २५ थान चापाकटर वितरण गरिएको हो । समृद्धि आयोजनाको सहयोग तथा स्थानीय किसानको साझेदारी एवं जनउत्थान पशु तथा कृषि सहकारी संस्थाको सहजीकरणमा चापाकटर वितरण गरिएको हो ।


नगरको वडा नम्बर ९ हडियास्थित मिल्स एरियामा नगरप्रमुख खगेन्द्र राईले किसानलाई चापाकटर हस्तान्तरण गरे । वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश राउत र वडा नम्बर १० का वडाध्यक्ष रामकुमार खड्काको उपस्थितिमा चापाकटर वितरण गरिएको हो । समृद्धि आयोजनाले ८ लाख ३७ हजार ५ सय रुपैयाँ बराबरको २५ थान चापाकटर स्थानीय किसानलाई वितरण गरेको हो । 


जनउत्थान पशु तथा कृषि सहकारी संस्थाले हडियामा दूध संकलन गरेर दही, पनिर, घिउ, चोकरलगायत सामग्री बिक्री वितरण गर्दै आएको छ । कार्यक्रममा नगरप्रमुख खगेन्द्र राईले नगरपालिकाले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले चापाकटर वितरण गरेको बताए । कृषिमा आधुनिकीकरण गर्न चापाकटर मेसिन वितरण गरिएकाले त्यसको सदुपयोग गर्न नगरप्रमुख राईले किसानलाई आग्रह गरे ।