close

उदयपुरगढीले दियो किसानलाई सित्तैमा तालिम 

उदयपुरगढीले दियो किसानलाई सित्तैमा तालिम 

Trulli
ADVERTISEMENT

उदयपुर–  उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढी गाउँपालिकाले किसानलाई व्यावसायिक तरकारी खेती तालिम दिएको छ । उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ नेपालटारमा तीन दिने व्यावसायिक तरकारी खेती तालिम दिइएको हो । गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा किसानलाई सीप दिएर स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित तालिम सम्पन्न भएको हो ।

 

जागरण पशुपक्षी तथा कृषक समूहमा आबद्ध किसानलाई तरकारी खेती तालिम दिइएको कृषि शाखा प्रमुख पारशमणि फुयालले बताए । शाखा प्रमुख फुयालका अनुसार तालिममा कृषक समूहका किसान सहभागी थिए ।

 

तालिममा प्रशिक्षक मोहनलाल फुयालले कृषि तथा तरकारी खेतीका विविध पक्ष, बाली क्यालेन्डर, विभिन्न रोग, किराले खेतीमा पार्ने असर र निराकरणका उपायबारे प्रशिक्षण दिएका थिए । तालिमको संयोजन उदयपुरगढी गाउँपालिकाका कृषि विकास शाखा प्रमुख पारशमणि फुयालले गरेका थिए ।