close

मल अभावबारे ५ दिनभित्र लिखित जानकारी दिन कृषिमन्त्रीलाई निर्देशन

मल अभावबारे ५ दिनभित्र लिखित जानकारी दिन कृषिमन्त्रीलाई निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं– संसदीय समितिले रासायनिक मल अभावबारे ५ दिनभित्र लिखित जानकारी पेस गर्न कृषि तथा पशुपक्षीमन्त्री र सचिवलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले समितिमा उपस्थित भएर मलको उपलब्धताबारे लिखित जानकारी दिन निर्देशन दिएको हो ।

 


देशभर रासायिनक मल अभाव हुँदा कृषि चक्र नै प्रभावित भएको भन्दै मल अभावमा प्रधानमन्त्री र मुख्यसचिवलाई नै जिम्मेवार बनाउनुपर्नेमा सांसदले जोड दिएका थिए । बैठकमा सांसदले मल अभाव हुनुमा सरकार नै मुख्य दोषी रहेको आरोप लगाए ।

 

मल अभावबारे जानकारी दिन दोस्रो चरणमा प्रधानमन्त्री र मुख्य सचिवलाई पनि समितिमा बोलाइने समिति सभापति विमल श्रीवास्तवले बताए ।  ‘पहिलो चरणमा कृषिमन्त्री र दोस्रो चरणमा प्रधानमन्त्री र मुख्य सचिवलाई मल अभावमा जिम्मेवार बनाउन पनि समितिमा बोलाएर छलफल गराउनुपर्ने निष्कर्षमा पुग्यौँ,’ समिति सभापति श्रीवास्तवले भने ।


समितिका सदस्य सांसद एलपी साँवा, सन्तकुमार थारु र प्रकाश रसाइलीले मलको उपलब्धता, नेपालमा मल कारखाना खोल्ने प्रक्रिया र सरकारले यथेष्ट बजेट नछुट्याएर किसानले पाएको दुःखबारे छलफल अनिवार्य भएको बताए ।