close

पाँचपोखरी थाङपाल गाउँपालिकामा पाँच गुणाले बढ्यो आलु उत्पादन

पाँचपोखरी थाङपाल गाउँपालिकामा पाँच गुणाले बढ्यो आलु उत्पादन

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकामा यस वर्ष विगतको भन्दा पाँच गुणाले आलुको उत्पादन बढेको छ ।

यस वर्ष समयमै मनसुन सुरु भएको हुँदा पहिलेको भन्दा करिब पाँच गुणाले स्थानीय आलुको उत्पादन बढेको अनुमान गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिए । 

गाउँपालिकाले स्थानीय आलु उत्पादनलाई प्रोत्साहनका लागि आर्थिक तथा प्राविधिक तवरले सक्दो सहयोग गरेको गिरीले बताए । भण्डारण, प्राविधिक तथा अन्य धेरै क्षेत्रमा पालिकाले सहयोग गरेको गिरीले बताए ।

गाउँपालिकाको सहयोगले पनि आलुखेती गर्न प्रोत्साहन मिलेको पाँचपोखरी  थाङपाल गाउँपालिका–५ गुन्साका आलु उत्पादक किसान पासाङ लामाले बताए ।

पहिला आलुमा के रोग लागेको थाहा हुँदैन थियो तर अहिले सामान्य समस्या हुँदासमेत प्राविधिक सल्लाह पाइन्छ । यसले गर्दा अझै खेती गर्न हौसला मिलेको लामाको भनाइ छ ।

३५ रोपनी जमिनमा खेती गरेका लामाले १० हजारदेखि १५ हजार किलोसम्म आलु उत्पादन हुने अनुमान गरेको गिरीले बताए । उहाँजस्तै धेरै जनाले अहिले यो पेसा सुरु गरेका बताए ।

प्रदेश सरकारले दिने कृषि अनुदान जसले कृषि गर्दैनन् उनीहरुले पाएको र कागजमा खेती गरेको आधारमा अनुदान वितरण गरेको भन्दै प्रदेश सरकारको अनुदान वितरण प्रक्रियाप्रति समेत लामाले असन्तुष्टि जनाए ।