close

खडेरीले धानमा पारेको क्षतिको विवरण उपलब्ध गराउन लमही नगरको अनुरोध ​​​​

खडेरीले धानमा पारेको क्षतिको विवरण उपलब्ध गराउन लमही नगरको अनुरोध ​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । दाङको लमही नगरपालिकाले खडेरीले धानमा पारेको प्रभावको विवरण मागेको छ । नगरपालिकाले मंगलबार  सूचना जारी नगरले वडा कार्यालयसँग सो विवरण मागेको हो ।

सूचनामार्फत नगरले  यस वर्ष वषात्का कारण खडेरीले धान बालीमा पुगेको क्षतिको विवरण पठाउन वडा कार्यालयहरुलाई नगरपालिकाले भनेको छ । 
विवरणमा धान रोपाइँ हुने जमिनको क्षेत्रफल र हाल रोपाइँ भएको क्षेत्रफलको विवरण पनि उपलब्ध गराउन नगरपालिकाले अनुरोध गरेको छ । 

साथै, खडेरीले पुर्‍याएको क्षति विवरण र खडेरिले उत्पादनमा पार्ने अनुमानित क्षति विवरण पेश गर्न नगरपालिकाले अनुरोध गरेको छ ।