close

तातोपानी नाका बन्द भएपछि कृषि पेशामा

तातोपानी नाका बन्द भएपछि कृषि पेशामा

Trulli
ADVERTISEMENT

काठमाडौं । विसं २०७२ को भूकम्पअघि तातोपानी नाकामा व्यापार गरेर वार्षिक लाखौँ कमाउने भोटेकोसी गाउँपालिका–१ लिस्तीका अर्जुन सापकोटाले नाका बन्द भएपछि विकल्पको रूपमा कृषि पेशा रोजेका छन् ।

सापकोटाले लिस्तीको सेमुङ र चतलीमा तीन सय ३० रोपनी जग्गा भाडामा लिएर कृषि पेशा सुरु गरेका हुन् । 

तातोपानी नाका बन्द भएपछि एक करोड ५० लाखको लगानीमा कृषि व्यावसाय सुरु गरेका सापकोटाले किवी, आलु, लसुनको खेती तथा उन्नत जातका बाख्रापालन गरेका छन् । 

उनका अनुसार गत वर्ष मात्र किवीबाट पाँच लाख आम्दानी गरेको भएको थियो । 

सापकोटाले यो वर्ष किवीको मात्रै तीन हजार सात सय बिरुवा लगाउनुभएको छ र १० जना जतिलाई रोजगारीसमेत दिए । 

सापकोटाले अबका ‘केही समयमा नै कृषि व्यवसायबाट वार्षिक २५ लाख बराबरको आम्दानी गर्ने सोच रहेको बताए । सापकोटाले आफूले मात्रै नभएर गाउँका एक सय घरपरिवारलाई पनि आधुनिक कृषि प्रणालीमा जोडेका छन् । 

अहिले गाउँका एक सय घरपरिवार मिलेर पाँच सय रोपनी जग्गामा सामूहिक आलुखेती गरेका छन् । उक्त सामूहिक खेतीबाट यस वर्ष  ५० लाखको आलु उत्पादन भएको छ । उनीहरूको यो उदाहरणबाट गाउँका अरु नागरिक पनि यस्तै पेशातर्फ आकर्षित भएका छन् । 

तातोपानीबाट सामान ल्याएर यहाँ र काठमाडौँमा नै व्यापार व्यवसाय गर्ने गरेका कैयौँ स्थानीय सो नाका बन्द भएपछि यहाँ कृषि पेशा अपनाउन पनि थालेका छन् ।